• गृहपृष्ठ
  • घरेलु लघुवित्तद्धारा काठमाण्डौंको महांकालमा क्षमता अभिवृद्धि तालिम सञ्चालन

घरेलु लघुवित्तद्धारा काठमाण्डौंको महांकालमा क्षमता अभिवृद्धि तालिम सञ्चालन

Feb 9th, 2020

काठमाडौ, माघ २६

घरेलु लघुवित्तद्धारा काठमाण्डौंको महांकालमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्नो फिल्ड सहायक स्तरीय कर्मचारीहरुको सहभागितामा २०७६ माघ २५ गते काठमाण्डौं जिल्लाको महांकालमा वागमति र गण्डकि प्रदेश अन्र्तगतका शाखा कार्यालयमा कार्यरत फिल्ड सहायक कर्मचारीहरुलाई “फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिप कुमार घिमिरेले जानकारी दिएकाछन ।

संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ पौष मसान्तसम्ममा ५ हजार २ सय भन्दा बढि घरपरिवारहरुमा लघुवित्तीय सेवा विस्तार गरी ३ करोड भन्दा बढी निक्षेप संकलन गर्दै २६ करोड भन्दा बढी लगानी गरी सञ्चालन मुनाफा १२ लाख ६८ हजार गर्न सफल भएको छ । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले प्रकाश पारेका थिए ।

यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप कुमार घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख अन्जना प्याकुरेल, सुचना प्रविधि, कर्जा सुचना सँग सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा रोशनि श्रेष्ठ तथा वर्तमान अवस्थामा लघुवित्त कार्यक्रममा शाखा कार्यालयले अपनाउनुपर्ने साबधानीको बारेमा शाखा प्रबन् धक तुल्सीराम भट्टराईले सहजीकरण गरेका थिए ।

सोही क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो । अन्त्यमा सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै तालिमको समापन मन्तब्य संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले दिएका थिए ।