• गृहपृष्ठ
  • आध्यात्मिक शिक्षाले तनाव र भ्रष्टाचार अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

आध्यात्मिक शिक्षाले तनाव र भ्रष्टाचार अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

Feb 9th, 2020

चिप्लेढुङ्गा, २६ माघ (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’को शिलान्यास गर्नुभएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले सो सेन्टरको शिलान्यास गर्दै समाजमा नैतिक चेतना विकास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री गुरुङले आध्यात्मिक शिक्षामार्फत समाजमा तनाव र भ्रष्टाचार अन्त्य गर्न जोड दिनुभयो ।
माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलुले अध्यात्मको शक्तिले संसार बदल्न सक्ने भन्दै अहिंसाको साझा सङ्कल्पले समाजलाई सुन्दर बनाउने बताउनुभयो । संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीताले दिव्य अनुभूति केन्द्र सबै आध्यात्मिक मनहरुको साझा घर भएकाले यसबाट दिव्यज्ञान फैलाएर समाजलाई सकारात्मक रुपान्तरण गर्न जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङ, विन्दुकुमार थापा संस्थाका सल्लाहकार राजयोगी दीपेन्द्र अधिकारी, संस्थाका महासचिव शैलेश बराल, ब्रम्हकुमारी दुर्गालगायतले शुभकामना दिनुभएको थियो ।
शिला अनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायतका प्रस्तुतिहरु रहेको कार्यक्रम सञ्चालक राजयोगी ब्रकु शिशिर रेग्मीले जानकारी दिनुभयो ।