• गृहपृष्ठ
  • रोनाल्डोको कीर्तमानी गोल ,युभेन्ट्स स्तब्ध

रोनाल्डोको कीर्तमानी गोल ,युभेन्ट्स स्तब्ध

Feb 9th, 2020

काठमाडौं,माघ २६

युभेन्ट्स इटालियन सिरी ए फुटबलमा पराजित भएकोको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भेरोनासँग २–१ गोल अन्तरले स्तब्ध भएको हाे । घरेलु मैदानमा भेरोनालाई जित दिलाउन फावियो बोरिनी र जिमपाओलो पाजिनीले एक- एक गोल गरे भने युभेन्ट्सको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

रोनाल्डोले ६५ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । रोनाल्डोले बेन्टानकरको पासमा गोल गरेका थिए । रोनाल्डो युभेन्ट्सका लागि लगातार १० सिरि ए खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । ७६ औँ मिनेटमा फावियो बोरोनीले भेरोनाको लागि बराबरी गोल फर्काए । खेल सकिन ४ मिनेट बाँकी छदाँ जिमपाओलो पाजिनीले गोल गर्दै भेरोनालाई जित दिलाए ।

जितसंगै भेरोना ३४ अंक सहित लिगको छैटौ स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २२ खेलबाट ५१ ऋंक छ । युभेन्ट्सकाे २३ खेलबाट ५४ अंक पुगेको छ र शीर्ष स्थानमा छ ।