• गृहपृष्ठ
  • संविधान संशोधन नभए आन्दोलनमा जानेछौँ : अध्यक्ष यादव

संविधान संशोधन नभए आन्दोलनमा जानेछौँ : अध्यक्ष यादव

Feb 8th, 2020

इनरुवा, २५ माघ (रासस)

संविधान संशोधन भएन भने आन्दोलनमा जाने समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो । उहाँले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट मात्र पूरा हुने भएकाले संविधानमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान सरकारले संविधान संशोधन गर्ने भनेपछि आफ्नो पार्टी सरकारमा सहभागी भएको तर त्यसतर्फ कुनै पहल नभएपछि आफूहरु सरकारबाट बाहिएको अध्यक्ष यादवले बताउनुभयो ।

सोही कार्यक्रममा सयाँै नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता धर्मेन्द्र मेहताले बताउनुभयो । नवप्रवेशीलाई अध्यक्ष यादव, सचिव पर्शुराम बस्नेतलगायतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।