• गृहपृष्ठ
  • शहीद स्मारक लिग : हिमालयन शेर्पा र जाउलाखेल विजयी

शहीद स्मारक लिग : हिमालयन शेर्पा र जाउलाखेल विजयी

Feb 8th, 2020

काठमाडौँ, २५ माघ (रासस)

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा हिमालयन शेर्पा क्लब र जाउलाखेल युथ क्लब विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेलमैदानमा आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–२ गोलले पराजित गरेको हो । शेर्पाका लागि विजय गुरुङले दुई तथा त्रिदेव गुरुङले एक गोल गर्नुभयो । च्यासलका लागि हायातु वाकिनोले दुई गोल गर्नुभयो । विजयले खेलको २८औँ मिनेटमा पहिलो गोल गर्नुभएको थियो । त्रिदेवले खेलको ३३ औँ मिनेटमा शेर्पाका लागि दोस्रो गोल गर्नुभयो । त्यसको चार मिनेटपछि च्यासलका लागि हायातोले पहिलो गोल गरी खेललाई २–१ को अवस्थामा पु¥याउनुभयो । खेलको ५०औँ मिनेटमा शेर्पाका विजयले व्यक्तिगत तेस्रो गोल गर्नुभयो । खेलको अन्तिम समयमा च्यासलका हायातोले व्यक्तिगत दोस्रो गोल गरे पनि हारबाट भने जोगाउन सक्नुभएन । जितसँगै हिमालयन शेर्पा लिगको ११औँ स्थानमा पुगेको छ भने हारका बाबजुद पनि च्यासल तालिकाको १०औँ स्थानमा कायम छ ।

एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबलाई १–० गोलले पराजित ग¥यो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा जाउलाखेलका लागि विदेशी खेलाडी फोडे फोफोनाले निर्णायक गोल गर्नुभयो । खेलको ६२औँ मिनेटमा फ्रेण्ड्सका साउलो रातो कार्ड पाएर मैदानबाट बाहिरिनुभयो । त्यसपछिको खेलमा फ्रेण्ड्स १० खेलाडीमा सीमित रहन पुग्यो । जितसँगै जाउलाखेल १८ अङ्कका साथ लिगको पाँचौँ स्थानमा उक्लेको छ । हारपछि फ्रेण्ड्स १४ अङ्कसहित लिगको १२औँ स्थानमा छ । आइतबार मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ः०० बजे खेल हुनेछ ।