• गृहपृष्ठ
  • मैत्रीपूर्ण फुटबलमा बैंकर्स एशोसियसन विजयी

मैत्रीपूर्ण फुटबलमा बैंकर्स एशोसियसन विजयी

Feb 8th, 2020

काठमाडौ, माघ २५

वीरगञ्जमा जारी प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बैंकर्स एशोसियसन विजयी भएको छ ।

आदर्शनगर रंगशालामा भएको खेलमा बैंकर्स एशोसियसनले आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सालाइ ३–० गोलले पराजित गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको बैंकर्स एशोसियसनले दोश्रो हाफमा थप १ गोल गरेर ३–० को नतीजा सहित जित हात पारेको हो ।

बैंकर्स एशोसियसनका लागि विशाल श्रेष्ठले २ र सन्तोष साहले १ गोल गरेका हुन् । गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा शुक्रबार बैंकर्स एशोसियसन र आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा बिच मैत्रीपूर्ण खेल भएको हो ।

शनिवार हुने फाइनल खेलमा बारा र सप्तरी बिच भिडन्त हुनेछ । आदर्शनगर रंगशालामा फाइनल खेल शनिवार दिउँसो १ बजे देखि शुरु हुनेछ । सेमीफाइनलमा बाराले धनुषालाइ र सप्तरीले महोत्तरीलाइ पराजित गर्दै उपाधी भिडन्तमा भेट पक्का गरेका हुन् ।

शनिवार प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत , काँग्रेस नेता एंव संविधानसभा सदस्य सभासद शोभाकर पराजुली लगायतका विशिष्ट व्याक्तिहरुको पनि उपस्थिती रहने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिए ।

माघ १८ गते देखि शुरु भएको प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिनेछ ।