• गृहपृष्ठ
  • ढोरपाटन महिला भलिबल : एपिएफ दोस्रोचरणमा

ढोरपाटन महिला भलिबल : एपिएफ दोस्रोचरणमा

Feb 7th, 2020

काठमाडौँ, २४ माघ (रासस)

सशस्त्र प्रहरी बलको एपिएफ क्लब यहाँ जारी १५औंँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१७, २५–१९ र २५– हरायो । यस्तै अर्को खेलमा आर्मी क्लबले चितवन टाइगर्सलाई २५–२०, २५–१६ र २५–२१ अङ्कको सहज जित हात पा¥यो ।

यसैगरी चितवनले ढोरपाटनलाई २५–४, २५–१५ र २५–१२ अंकले हरायो । अर्को खेलमा पुलिसले बुलबुलेलाई २४–१०, २५–१४ र २५–१९ अङ्कले पराजित ग¥यो । पहिलो चरणको खेल सकिँदासम्म एपिएफले नौ खेलबाट २६ अंक जोडेको छ । पुलिसले २५ अङ्क, आर्मीले २१, डायमण्डले १८, बुलबुलेले १४ तथा चितवनले १३ अङ्क बटुलेको छ ।

दोस्रो चरणका खेल शनिबारदेखि हुनेछन् । दोस्रो चरणको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त गर्ने छ ।