• गृहपृष्ठ
  • सुनको मूल्य बढ्यो ,हेर्नुस् कति पुग्यो ?

सुनको मूल्य बढ्यो ,हेर्नुस् कति पुग्यो ?

Feb 7th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २४ माघ

बुधबार र बिहीबार स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ ।

बुधबार र बिहीबार तोलामा रु ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ४०० बढेर रु ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १०ले वृद्धि भएको छ ।  महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८८५ तोकेको छ ।  बिहीबार चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।