• गृहपृष्ठ
  • ढोरपाटन महिला भलिबल : डायमन्ड र पुलिस विजयी

ढोरपाटन महिला भलिबल : डायमन्ड र पुलिस विजयी

Feb 7th, 2020

काठमाडौँ, २४ माघ (रासस)

न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू डायमन्डले चितवनलाई ३–० सेटले हराएको हो । सो खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ अङ्कले विजयी भयो । जितसँगै डायमन्ड सात खेलबाट १५ अङ्क जोडेर चौथो स्थानमा छ । यस्तै पुलिसले चितवत टाइगर्सलाई ३–० सेटमा पराजित ग¥यो । पुलिसले चितवनलाई २५–१५, २५–१४ र २५–१४ अङ्कले हरायो । जितसंँगै पुलिसको २२ अङ्क छ । चितवन सात खेलबाट १० अङ्क जोडेर छैटौँ स्थानमा छ ।

यसैगरी त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई २५–१३, २५–१२ र २५–१० अङ्कले हरायो । आर्मी १८ अङ्कसहित तेस्रो स्थानमा छ । चुलीले सामाखुशी इइ्गलिस स्कूललाई २५–७, २०–२५, २५–११, १७–२५ र १५–६ अङ्कले पराजित ग¥यो । अर्को खेलमा बुलबुले रारा भलिबल क्लबले आयोजक ढोरपाटनलाई २५–१७, २५–९ र २५–१९ अङ्कले हरायो । बुलबुले १४ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

खुला टेबलटेनिस : पुलिसका प्रदीप र स्यान्टु क्वाटरफाइनलमा

नेपाल पुलिस क्लबका प्रदीप रोका र स्यान्टु श्रेष्ठ यहाँ जारी तेस्रो सम्झना कप अन्तरराष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले बिहीबार भएको खेलमा आफ्नै क्लबका विपुल महर्जनलाई ४–१ अङ्कले तथा स्यान्टुले सशस्त्र प्रहरी बलको एपीएफ क्लबका एलेक्स महर्जनलाई ४–१ अङ्कले नै पराजित गर्नुभएको हो ।

पुरुष एकलतर्फ नै सीसीआरसीका आरिष महर्जनले नेपाल आर्मीका बोधित केसीलाई ४–३ अङ्कले हराउनुभयो । एपीएफका अमरलाल मल्लले ललितपुरका रितिज जोशीलाई ४–० अङ्कले, पुलिस क्लबका राकेश महर्जनले आर्मीका कृष्ण थापामगरलाई ४–२ ले, भारतका आदर्श ओम क्षेत्रीले आर्मीका नारायण घिमिरेलाई ४–० ले, काठमाडौंका चन्दन शाहीले बाँकेका टेन्डी शेर्पालाई ४–२ ले तथा पुलिस क्लबका विनेश खनियाँले एपीएफका विलोश श्रेष्ठलाई ४–० अङ्कले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्नुभयो ।

ललितपुर जिल्ला टेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकलतर्फ पुलिसकी नविता श्रेष्ठले आर्मीकी दिया देउलालाई ४–०, पुलिसकै सोनु थापामगरले विजेश्वरीकी मारिया थापामगरलाई ४–०, एपीएफकी सिक्का सुवालले पुलिसकी मञ्जु सुवाललाई ४–०, आर्मीकी रविना महर्जनले विजेश्वरीकी अनुष्का प्रसाईंलाई ४–१, एपीएफकी अनिता महर्जनले एपीएफकै इभाना थापामगरलाई ४–३, पुलिसकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–१, भारतकी ममता प्रभुले विजेश्वरीकी सुस्मिता खड्कालाई ४–० तथा आर्मीकी दीक्षा तामाङले प्राइमकी निकिता कस्तीलाई ४–१ अङ्कले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ ।