आठ अंकले घट्यो नेप्से

Feb 6th, 2020

काठमाडौ, माघ २३

नेप्से आज बिहिबार आठ दसमलव ६७ अंकले घटेर १३ सय ३३ दसमलव ६९ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ८७ अंकले घटेर दुुई सय ८४ दसमलव पाँच अंकमा पुुगेको छ । एक सय ७५ वटा कम्पनीहरुको १३ हजार एक सय ३७ वटा कारोवारमा २८ लाख एक हजार आठ सय तीन कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब चार करोड ९३ लाख ४५ हजार चार सय ३६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ५८ अंकले घटेर ११ सय ५३ दसमलव ८१ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक ११ दसमलव ९३ अंकले घटेर १८ सय ३१ दसमलव २१ अंकमा पुुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । उत्पादनमुुलक र जीवन बीमा समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज गुराँस लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।