सुनको मूल्य स्थिर

Feb 6th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २३ माघ

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० तोकेको छ ।

महासङ्घले आजकाे लागि चाँदीको मूल्य पनि प्रतितोला रु ८७५  तोकेको छ ।