पाँच अंकले बढ्यो नेप्से

Feb 5th, 2020

काठमाडौ, माघ २२

अघिल्लो दिन घटेको नेप्से आज बुुधबार नेप्से पाँच दसमलव ३१ अंकले बढेर १३ सय ४२ दसमलव ३६ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले बढेर दुई सय ८५ दसमलव ९२ अंकमा पुुगेको छ । एक सय ७७ वटा कम्पनीहरुको १२ हजार चार सय ४० वटा कारोवारमा ३२ लाख ६० हजार एक सय ९८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब आठ करोड २४ लाख ८३ हजार नौ सय नौ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घटेकाछन भने आठ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७७ अंकले बढेर ११ सय ६२ दसमलव ३९ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि २६ दसमलव ४८ अंकले बढेर छ हजार एक सय ७७ दसमलव ५० अंकमा पुुगेकोम छ । होटल, जीवन बीमा, टे«डिङ, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि बढेकाछन । बिकास बैंक, जलबिद्युुत, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ । रकम कारोवारका आधारमा भने आज सिभिल बैंक परकेको छ ।