• गृहपृष्ठ
  • उखु खेती राष्ट्रिय बाली हुन सकेन : कुशवाहा

उखु खेती राष्ट्रिय बाली हुन सकेन : कुशवाहा

Feb 5th, 2020

गौशाला, २२ माघ (रासस)

उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताउनुभएको छ । महोत्तरीको गौशालामा आज बिहान पत्रकारसँग कुरा गर्दै सरकारले स्वयम् उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरे तापनि कार्यान्वयनमा नआउँदा वर्तमान समयमा किसान समस्याबीच उखु खेती गर्न बाध्यता रहेको जनाएका छन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आफ्नै नेतृत्वमा किसानको पीडा–मर्कालाई सम्बोधन गराउनका लागि सरकारी पक्षकै सहमतिमा उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरिएको जानकारी दिनुभएको हो । वर्तमान परिवेशमा देशमा तीनवटै तहका सरकारका फितलो कार्यनीतिकै कारण वर्तमान समयमा किसान उखु खेती छाड्न बाध्य भएको अध्यक्ष कुशवाहाले आरोप लगाउनुभएको हो ।

अध्यक्ष कुशवाहाले अब देशमा रहेका तीनै तहका सरकारले वर्षांैदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी उद्योगलाई सहकारीको माध्यमले सञ्चालन गरेर उखु किसानको समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको हो । सम्पूर्ण उखु किसान शेयर सदस्य हुने गरी वीरगञ्ज चिनी उद्योग सञ्चालनमा आए किसानका साथै देशलाई समेत आर्थिक रुपमा फाइदा पुग्ने धारणा राख्नुभएको हो ।