• गृहपृष्ठ
  • बाल्ट्राले दशैं ल्यायो अफरका विजेताहरु घोषित

बाल्ट्राले दशैं ल्यायो अफरका विजेताहरु घोषित

Feb 5th, 2020

काठमाडौ, माघ २२

नेपालमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्याएको “दशैं ल्यायो” नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यो योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गर्नुभएको बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५” स्मार्ट टि.भी. जित्न सफल हुनुभएको छ । त्यसै गरी उक्त योजना अन्तर्गत २ जनाले ४०” टि.भी., ३ जनाले ३२” टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल हुनुभएको छ ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।