• गृहपृष्ठ
  • कार्यान्वयनमा आउन सकेन सेयरबजारमा एनआरएन भित्राउने व्यवस्था, नियामक निकाय नै बाधक

कार्यान्वयनमा आउन सकेन सेयरबजारमा एनआरएन भित्राउने व्यवस्था, नियामक निकाय नै बाधक

Feb 4th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,माघ २१

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक गरेको बजेटमा गैर आवासीय नेपालीलाई नेपालको सेयरबजारमा गरिएको थियो । त्यसपछिका हरेकजसो बजेटमा पनि यो कुरा छुटाइएको छैन । तर अहिलेसम्म यसको प्रगति भने शुन्य छ ।

धितोपत्र बोर्डले यसलाई अघि बढाउन सकेको छैन । जसका कारण आफुले नसक्ने भन्दै अर्थमन्त्रालयलाई यसको लागि छुट्टै कमिटी बनाएर टुंगाउनु पर्ने सुझाव दिएको छ।

गत वर्षको पुषमा सेयरबजार निरन्तर घटेपछि सेयर लगानीकर्ता आन्दोलनमै उत्रिए । त्यसपछि सरकारले मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या अध्ययन गर्नका लागि गठित समितिले सरकारलाई ५८ बुदामा सुझाव पेश गर्यो । जसको ५५ नम्बर बुदामा गैरआवासीय नेपालीहरुलाई शेयर बजारमा कम्तिमा ३ वर्ष सम्म बेचेर बाहिर रकम लान नमिल्ने गरि अर्थात लक इन पिरियड राखेर लगानी गर्न खुला गर्ने उल्लेख गरिएको छ ।

यसका साथै, विदेशी संस्थागत लगानीकर्ताहरुलाई समेत निश्चित शर्तको अधिनमा रहीे लगानी खुला गर्ने सुझाव राखिएको छ । यस्तो सुझाव कार्यान्वयन गर्ने म्याद गत असार सम्म राखिएको थियो । म्याद कार्यान्वयन गर्ने म्याद बितेको ६ महिना बित्दा सम्म यसका लागि आवश्यक कुनैपनि काम अघि बढाइएको छैन । सेयरबजारमा गैर आवासिय नेपालीलाई भित्राउनका लागि २ वर्ष अघि गठित कार्यदलले समेत एक पटक बाहेक बैठक नै बसेन ।

यसलाई अघि बढाउन अहिलेसम्म न राष्ट्र बैंक नत धितोपत्र बोर्ड नै सकारात्मक छ । धितोपत्र बोर्डका एक अधिकारी भन्छन् ‘सेयरबजारमा आन्दोलन चलेका बेला यो अघि बढाउन लागेको भनेर थामथुम पारिन्छ तर वास्तवीकतामा केहि पनि काम अघि बढाइकँऐ हुँदैन । ’

सेयर बजारका पक्षमा चल्ने धेरैजसो आन्दोलनमा सेयरबजारमा एनआरएनलाई प्रवेश गराउने कुराले प्राथमिकता पाएको हुन्छ । र आन्दोलनकै क्रममा सरकारी अधिकारीले पनि यो अघि बढेको नै बताउँछन्, तर त्यसमा कुनै सत्यता हुँदैन । किनकी यसका लागि अहिलेसम्म सरकारले कुनै चासो नै दिएको छैन । लगानी तथा प्रविधी हस्तान्तरण ऐनले गैर आवासीय नेपालीलाई नेपालको सेयरबजारमा लगानी गर्न खुला गरेको छ । तर, के कसरी लगानी गर्ने कति सम्म लगानी गर्न सक्ने र कति वर्षमा फिर्ता लगेर जान पाउने भन्ने खालका व्यवस्था सरकारले अहिलेसम्म गर्न सकेको छैन । जसका कारण यो अघि बढ्न नसकेको गैर आवासीय नेपालीहरु बताउँछन् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गैर आवासीय नेपालीलाई पुँजीबजारमा भित्राउने कुरा गरेका थिए । त्यसपछिका बजेटमा पनि यो कुरा छुटेको हुदैन । यो वर्षको बजेटमा पनि यो व्यवस्था छ । तर कार्यान्वयनमा भने सरकारले कुनै पनि काम अघि बढाउन सकेको छैन ।