नेप्सेमा झिनो अंकले सुधार

Feb 3rd, 2020

काठमाडौं, माघ २०

नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । नेप्से आज सोमबार दुई दसमलव ४९ अंकले बढेर १३ सय ४९ दसमलव १३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १६ अंकले बढेर दुुई सय ८७ दसमलव ९१ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ७७ वटा कम्पनीहरुको १७ हजार छ सय ३३ वटा कारोवारमा ४७ लाख ४९ हजार आठ सय २९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६१ करोड १७ लाख १९ हजार दुुई सय तीन रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बंैक समुहको सुचक तीन दसमलव ३६ अंकले घटेर ११ सय ७२ दसमलव ६० अंकमा पुुगेको छ । होटल, लघुुबित्त, जीवन बीमा, टे«डिङ, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज ३० दसमलव ५८ अंकले बढेर १८ सय ४० दसमलव ३६ अंकमा पुगेको छ । जलबिद्युुत, निर्र्जिवन बीमा, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा गरिमा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । गुमाउने कम्पनीको सुचीम परेको समृद्धि फाईनान्सको आज प्रतिकित्ता सेयर मुल्य दुुई रुपैयाँ ८८ पैसाले घटेर एक सय एक रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा भने आज नेको इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।