• गृहपृष्ठ
  • नाडा प्रतिनिधि मण्डल र उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव विच छलफल

नाडा प्रतिनिधि मण्डल र उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव विच छलफल

Feb 3rd, 2020

काठमाडौ, माघ २०

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको सात सदसिय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसंग भेट गरेको छ । सोमबार भएको भेटमा सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गर्नु भयो । उक्त छलफलमा उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पार्नु भयो ।

सोहि छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले यसबारे केहि दिन भित्रै नेपाल राष्ट्र« बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसंग छलफलगरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताउनु भयो ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकज्यूहरु समेतको उपस्थिति रहेको थियो ।