• गृहपृष्ठ
  • वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता

वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता

Feb 3rd, 2020

हेटौँडा, २० माघ (रासस)

वाग्मती प्रदेशसभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ । दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताउनुभयो ।

वाग्मती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने जनाइएको छ । प्रदेशसभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो ।