• गृहपृष्ठ
  • सुनको मूल्य स्थिर, चाँदीको मूल्य प्रतितोला रु ५ ले घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य प्रतितोला रु ५ ले घट्यो

Feb 3rd, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २० माघ

साताको पहिलो दिन बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० तोकेको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला रु ५ ले घटेको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । आइतबार चाँदी तोलामा ८९५ रुपैयाँमा कारोबार भएको थियो ।