फातीको दुई गोलमा बार्सिलोनाको जित

Feb 3rd, 2020

काठमाडौं,माघ २०

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्तेलाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्टेलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन युुवा स्टार फातीले दुवै गोल गरे । फातीले खेलको ३० र ३१ औं मिनेटमा लगातार गोल गरेका हुन्।

लेभान्टेले अतिरिक्त समयको दोश्रो मिनेटमा एक गोल फर्काएको थियो। सो गोल रुबेन रोचिनाले गरेका थिए।

जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग ३ अंकले दुरी घटाएको छ । बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेर लिगको दोसो् स्थानमा छ । शीर्ष स्थानको रियलले २२ खेलबाट ४९ अंक जोडेको छ । पराजित लेभान्ते २६ अंक सहित १३ औं स्थानमा छ ।