रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

Feb 3rd, 2020

काठमाडौं,२० माघ

ईटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार साँझ  भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई र म्याथिस डी लिटले एक गोल गरे ।

रोनाल्डोले खेलको ४० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुन: पेनाल्टीमा दोस्रो गोल गर्दै  अग्रता दोब्बर बनाए ।

यसैगरी डी लिटले खेलको ९० औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले २२ खेलबाट ५४ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा ६ अंकले अगाडी छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक रहेको छ । पराजित फियोरेन्टिना २५ अंक जोडेर १४ औं स्थानमा छ ।