• गृहपृष्ठ
  • किन बढ्यो लसुनको मुल्य ? के कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई पनि पिरोलेको छ ?

किन बढ्यो लसुनको मुल्य ? के कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई पनि पिरोलेको छ ?

Feb 2nd, 2020

आधारभूमी संवाददाता
काठमाडौं, १९ माघ

कालिमाटी बजारमा सुकेको लसुनको मूल्य दिनप्रतिदिन बढ्दो छ । १५ दिनअघिसम्म झण्डै साढे २ सय रहेको लसुनको मूल्य अहिले प्रतिकेजी साढे ५ सय पुगेको छ । अझै खुद्रा मूल्य त प्रतिकेजी ६ सय माथि पुग्न थालेको छ ।

प्याजको मूल्य बढेर आम उपभोत्ता खिन्न भैरहेका बेला लसुनको मूल्य बढेर आम उपभोक्ता मारमा परेका छन् । अहिले नेपाली तरकारी बजारमा लसुनको मूल्य छोई नसक्नु भएको छ ।

तरकारी तथा फलफूल व्यवसायी संघका अनुसरा दुई हप्तामा १ सय २५ प्रतिशतले लसुनको मूल्य बढेको छ । आयातमा निर्भर बजार व्यवस्थाको कारण लसुनको मूल्य बढेको कालिमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठको भनाई छ । माग अनुसारको लसुन सहज उपलक्ध नभएसम्म र चीनको नाका खुलेर लसुन नआएसम्म मूल्य प्रतिकेजी ५ सयको हाराहारमै रहने उनले वताए ।

अहिले हरियो लसुन १४५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । तर, सुकेको लसुन महंगिएपछि हरियोको पनि माग बढ्न थालेको छ । कालीमाटी तथा फलफूल बजार विकास समितिका अनुसार विगत २ सातामा हरियो लसुनको मूल्य १६ प्रतिशतले बढेको छ ।

कोरोना भाइरसको असर कृषि देखियो

चीनबाट फैलिएको कोरोना भाइरसले नेपाली नेपाली अर्थतन्त्रमा पनि असर पार्न थालेको छ । कोरोना भाइरस फैलिएपछि सरकारले चीनतर्फको केरुङ नाको १५ दिनका लागि बन्द गरेको छ । चीनबाट आयात हुने वस्तु नआएपछि ति वस्तुको मूल्य ह्वात्तै बढेको हो ।

नेपाल कृषिजस्य समानमा पनि अत्याधिक परनिर्भर हुँदा आयात हुने कृषिजन्य अन्य वस्तुको अभाव नै देखिन थालेको छ । नेपालमा कुल आयात हुने मध्ये १७ प्रतिशत बस्तु चीनबाट आयात हुन्छ । माघ यता चीनबाट आयात ठप्प भएको छ भने पुससम्म १ खर्ब १८ अर्ब रुपैयाँ मूल्यको तरकारी र फलफूल तथा अन्य वस्तु आयात गरिएको थियो ।

आयात रोकिनुलाई मुलुक आत्मनिर्भर बन्ने अवसर पनि हो । तर देशभित्र माग धान्ने उत्पादन नहुँदा माग यो समस्या जूँ का त्यूँ रहने जोखिम पनि उत्तिकै छ । मूल्य एक एक हप्तामै दोब्बरले बढ्दा पनि बजारमा माग अनुसारको लसुन छैन ।

६ महिनामा १६ करोडको आयात

स्वदेशी लसुनले माग आपूर्ति गर्न नसकेपछि विदेशबाट लसुन आयात गर्ने गरिएको छ । भन्सार विभागको तथ्याक अनुसार चालू आर्थिक वर्षको ६ महिना साउन देखि पुस सम्ममा विदेशबाट १६ करोड २७ लाख ५६ हजार रुपैंयाको लसुन आयात गरिएको छ ।

खासगरी नेपाललमा चिन र भारतबाट लसुन आयात गर्ने गरिन्छ । यस वर्ष भारतबाट १ हजार ७ सय केजी र चीनबाट १५ लाख ९६ हजार के जी लसुन आयात गरिएको छ ।