• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकमा दुबैमा उच्च बृद्धि

नेप्से सुचक तथा कारोवार रकमा दुबैमा उच्च बृद्धि

Feb 2nd, 2020

काठमाडौ, माघ १९

नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेकाछन । आज आईतबार नेप्से २१ दसमलव २६ अंकले बढेर १३ सय ४६ दसमलव ६४ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ९९ अंकले बढेर दुुई सय ८६ दसमलव ७५ अंकमा पुुगेको छ । एक सय ७५ कम्पनीहरुको २० हजार छ सय ३५ वटा कारोवारमा ५३ लाख ४६ हजार पाँच सय आठ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब सात करोड ७९ लाख ८७ हजार सात सय ९९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव चार अंकले बढेर ११ सय ७५ दसमलव ९६ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक २८ दसमलव ३२ अंकले बढेर १८ सय नौ दसमलव ७८ अंकमा पुुगेको छ । यि बाहेक जलबिद्युुत, लघुुबित्त, निर्र्जिवन बीमा, उत्पादनमुुलक, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । टे«डिङ र जीवन बीमा समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ग्रामिण बिकास लघुुबित्त बित्तीय संस्था परेको भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शुुर्या लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।