सुनको मूल्य बढ्यो,कति पुग्यो हेर्नुस्

Feb 2nd, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, १९ माघ

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । शुक्रबार तोलामा ७६ हजारमा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० तोकेको छ ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९५ तोकेको छ ।  शुक्रबार चाँदी तोलामा ८९०  रुपैयाँमा कारोबार भएको थियो ।