• गृहपृष्ठ
  • त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

Feb 2nd, 2020

मुग्लिन, १९ माघ (रासस)

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए ।

देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । विभिन्न तीन विधामा सम्पन्न सो प्रतियोगितामा छ सय पूर्णाङ्कमा ४९० अङ्क ल्याई कँडेल प्रथमस्थान हासिल गर्न सफल हुनुभएको थियो ।

राना र तामाङले क्रमशः ४७० र ४३० अङ्क प्राप्त गर्नुभएको थियो । प्रथम,द्वितीय र तृतीय हुनेलाई रु २५ हजार, २० हजार र १५ हजार सहित र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यागत प्रतियोगितातर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्तिकुमार गुरुङ द्वितीय र रञ्जन कँडेल तृतीय र हेड टु हेडमा डम्बरबहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय हुनुभएको थियो । फ्रिस्टाइलमा रञ्जन कँडेल प्रथम, सुमन तामाङ द्वितीय र मोहन राना तृतीय हुनुभएको थियो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनामा पर्यटक वृृद्धि गराउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँ देशविदेशबाट समेत रिभरगाइड तालीम लिन आउने गरेको भन्दै ¥याफ्टिङ र यससम्बन्धी खेललाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले भ्रमण वर्षको अवसरमा गाउँपालिकाले शुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रवद्र्धक इच्छाकामना गाउँपालिका रहेको थियो । इच्छाकामना–३ फिस्लिङस्थित त्रिशूली नदी ¥याफ्टिङ र यससम्बन्धी प्रतियोगिताका लागि महत्वपूर्ण मानिन्छ