लिभरपुललाई २२ अंकको अग्रता

Feb 2nd, 2020

काठमाडौं,माघ १९

लिभरपुलले इन्ग्लिश प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लिग अन्तर्गत शनिबार भएको खेमला लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई , एलेक्स च्याम्बरलाइन र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे । खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको हो। खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । च्याम्बरलाइनले रोवर्टो फिर्मिनोको पासमा गोल गरेका हुन्
। ६० औं मिनेटमा जोर्डन हेन्डरसनले फिर्मिनोकै पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । यसैगरी मोहमद सलाहले ७२ औं र ९० औं मिनेटमा ब्यक्तिगत दुई गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक बनाएको छ । लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता लिएको छ । जारी लिगमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २२ अंकले अगाडि रहेको छ। एक खेल कम खेलको सिटीको ५१ अंक रहेको छ।