• गृहपृष्ठ
  • रियल मड्रिड लिगको शीर्ष स्थानमा,बार्सिलोनामाथि ६ अंकको अग्रता

रियल मड्रिड लिगको शीर्ष स्थानमा,बार्सिलोनामाथि ६ अंकको अग्रता

Feb 2nd, 2020

काठमाडौं,माघ १९

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियलले एथ्लेटिकोलाई १-० गोलले पराजित गरेको हो।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा  पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलमा रियलले दोस्रो हाफमा निर्णायक गोल गरेको हो । रियलको जितमा करिम बेन्जिमाले खेलको ५६ औं निर्णायक गोल गरे। बेन्जिमाले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए ।

जितसँगै शीर्ष स्थानको रियलले २२ खेलबाट ४९ अंक जोडेको छ । रियलले दोश्रो स्थानमा रहेको बार्सिलोनमाथि ६ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । पराजित एट्लेटिको ३६ अंक सहित पाँचौं स्थानमा छ ।