• गृहपृष्ठ
  • साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

Feb 1st, 2020

काठमाडौँ, १८ माघ (रासस)

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पु¥याउने बताउनुभएको छ । सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को आज लोकार्पण गर्दै उहाँले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ भन्नुभयो ।

“मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ ।”

कार्यक्रममा राष्ट्रियसभा सदस्य इन्दु कँडरियाले उपन्यासले देशभक्त भावना जागृत गरेको चर्चा गर्नुभयो । साहित्यकार कृष्ण धारावासीले भूमि अतिक्रमणको विषयलाई जोडदाररुपले उपन्यासले उतार्ने कार्य गरेको टिप्पणी गर्नुभयो ।

लेखक वाग्लेले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताउनुभयो । समारोहमा साहित्यकार बद्री पाण्डे, महेश क्षितिज, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।