निगमले जहाजको किस्ता भुक्तानी ग¥यो

Jan 31st, 2020

काठमाडौँ, १७ माघ (रासस)

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता वापत रकम भुक्तानी गरेको छ ।

निगमका अनुुसार दुईओटा वाइड वडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारो वडीको ३४ करोड ८५ लाख ६४ हजार छ सय २३ रुपैयाँ गरी जम्मा एक अर्व एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ भुक्तानी गरेको हो ।