आज सुनको मूल्यमा सामान्य गिरावट

Jan 31st, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, १७ माघ

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । विहिवार तोलामा   ७६ हजार ३ सयमा कारोवार भएको सुनको मूल्य आज भने घटेर ७६ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ३ सयले घटेर ७५ हजार ७ सयमा मा कारोवार भएको छ । हिजो तेजावी सुन ७६ हजारमा कारोवार भएको थियो ।

आज  चाँदीको मूल्य भनेचै फेरि प्रतितोला रु १० ले बढेको छ । आज  महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । विहिवार चाँदीको मूल्य प्रतितोला  रु ८८०  मा कारोबार भएको थियाे ।