• गृहपृष्ठ
  • लेगानेसलाई ५–० ले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश,मेसीले गरे दुई गोल

लेगानेसलाई ५–० ले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश,मेसीले गरे दुई गोल

Jan 31st, 2020

काठमाडौं, माघ १७

बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बिहिबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान,क्लेमेन्ट लेन्गलेट र अर्थरले एक–एक गोल गरे भने लियोनल मेस्सीले २ गोल गरे ।

बार्सिलोनाले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो। सो अग्रता ग्रिजम्यानले दिलाएका थिए ।
२७ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्सिलोनाको अग्रता दोब्बर बनाए र पहिलो हाफ २-० को नतिजामा सकियो।

दोश्रो हाफमा लियोनल मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । अर्थरले ७७ औं मिनेटमा बार्सिलोनाको लागि चौथो गोल गरे । खेल सकिन एक मिनेट बाँकी छदाँ मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।

बार्सिलोनाका लागि मेस्सीको गोल सङ्ख्या ६ सय २३ पुगेको छ । योसँगै मैस्सीले बार्सिलोनाको जर्सीमा ५ सयौँ गोल पुरा गरेका छन् ।