• गृहपृष्ठ
  • नेपालको अति लोकप्रिय रुस्लान भोडका अब देश बाहिर पनि

नेपालको अति लोकप्रिय रुस्लान भोडका अब देश बाहिर पनि

Jan 30th, 2020

काठमाडौं, माघ १६

नेपालको अति लोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियमका बजारमा पनि देख्न सकिने छ । नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुुनेमा जावलाखेल गुु्रप अफ इण्डष्ट्रिजका ग्रुुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त रहेकाछन ।

रुस्लान विगत चार दशक देखि पारखीको स्वाद र सन्तुुष्टीलाई मध्यनजर गर्दै अत्याधुुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो । रुस्लानको अद्वितिय गुुणस्तरले गर्दा नै अधिकाशं उपभोक्ताको रोजाईमा पर्न सफल पनि भएको छ । चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।