• गृहपृष्ठ
  • नेप्से १९ अंकले बढ्यो, झण्डै दुुई अर्बको सेयर किनबेच

नेप्से १९ अंकले बढ्यो, झण्डै दुुई अर्बको सेयर किनबेच

Jan 30th, 2020

काठमाडौ, माघ १६

नेप्से आज बिहिबार १९ दसमलव ५१ अंकले बढेर १३ सय २५ दसमलव ३८ अंकमा पुुगेको छ । सेन्टिटिभ पनि तीन दसमलव ५७ अंकले बढेर दुुई सय ८१ दसमलव ७८ अंकमा पुुगेको छ । एक सय ७८ वटा कम्पनीहरुको १९ हजार आठ सय ७४ वटा कारोवारमा ४६ लाख दुुई हजार एक सय एक कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९६ करोड ६२ लाख १९ हजार सात सय ४९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव २५ अंकले बढेर ११ सय ४८ दसमलव ९२ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक १६ दसमलव ४३ अंकले बढेर १७ सय ८१ दसमलव ४६ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।