• गृहपृष्ठ
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो हेर्नुस्

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो हेर्नुस्

Jan 30th, 2020

काठमाडौं, १६ माघ
आधारभूमी संवाददाता

बुधवार घटेको सुनको मूल्य विहिवार भने ह्वात्तै बढेको छ । हिजो तोलामा ७५ हजार ६ सयमा कारोवार भएको छापावाल सुन आज ७ सयले बढेर ७६ हजार ३ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ७ सयले बढेर ७६ हजारमा कारोवार भएको छ । हिजो ७५ हजार ३ सयमा कारोवार भएको थियो ।

आज  चाँदीको मूल्य पनि प्रतितोला रु १० ले बढेको छ । आज  महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला  रु ८७०  मा कारोबार भएको थियाे ।