• गृहपृष्ठ
  • म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा

म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा

Jan 30th, 2020

काठमाडौँ, १६ माघ

म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलको दोस्रो लेगमा म्यानचेष्टर युनाइटेडसंग १–० ले पराजित भए पनि सिटीले समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

बुधबार राति भएको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडका लागि नेमानिया माटिकले ३५ औँ मिनेटमा गोल गरे । ७६ औं मिनटमा माटिक रातो (दोहोरो पहेँलो ) कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समिति भयको थियो ।

म्यानचेस्टर सिटीले अब उपाधिका लागि एस्टन भिल्लासँग खेल्ने छ ।