• गृहपृष्ठ
  • ईङ्लिस प्रिमियर लिग : लिभरपुललाई १९ अङ्कको अग्रता

ईङ्लिस प्रिमियर लिग : लिभरपुललाई १९ अङ्कको अग्रता

Jan 30th, 2020

काठमाडौँ, १६ माघ

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १९ अंकको अग्रता कायम गरेको छ । बुधबार राति भएको खेलमा वेष्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै लिभरपुलले लिगमा ७० अंक जोडेको छ । लिभरपुलकाे जितमा मोहम्मद सलाह र एलेक्स च्यामबरलाइनले एक–एक गोल गरे ।

पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई सुरुआती अग्रता दिलाए ।यसैगरी दोश्रो गोल एलेक्स च्यामबरलाइनले खेलको ५२ औं मिनेटमा गरेका थिए। च्याम्बरलाइनले साे गोल सलाहाकै पासमा सो गोल गरेका हुन् । त्यसपछि कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेको हो ।

शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको स्पष्ट अग्रता लिएको हो ।