फेरि घट्न थाल्यो नेप्से

Jan 29th, 2020

काठमाडौं, माघ १५


अघिल्लो दिन बढेको नेप्से आज बुुधबार शुन्य दसमलव २७ अंकले घटेर १३ सय पाँच दसमलव ८८ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ४९ अंकले घटेर दुुई स ७८ दसमलव १९ अंकमा पुगेको छ । एक सय ७६ वटा कम्पनीहरुको १३ हजार आठ सय वटा कारोवारमा २८ लाख ७८ हजार सात सय ५२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २९ करोड ३७ लाख ११ हजार तीन सय ८३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेकाछन भने बाँकी नौ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ९६ अंकले घटेर ११ सय ३० दसमलव ६७ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पाँच दसमलव २३ अंकले घटेर १७ सय ६५ दसमलव तीन अंकमा पुगेको छ । जलबिद्युुत, उत्पादनमुुलक, जीवन बीमा, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । टे«डिङ, निर्जिवन बीमा र होटल समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नाडेप लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा भने पहिलो स्थानमा प्रोग्रेसिभ फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नाडेप लघुुबित्त बित्तीय संस्था परेको छ ।