पाँच दसमलव ५२ अंकले बढ्यो नेप्से

Jan 28th, 2020

काठमाडौं, माघ १४

नेप्से आज मंगलबार पाँच दसमलव ५२ अंकले बढेर १३ सय छ दसमलव १५ अंंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव ४८ अंकले घटेर दुुई सय ७८ दसमलव ६७ अंकमा पुुगेको छ । एक सय ७८ वटा कम्पनीहरुको १४ हजार पाँच सय ५५ वटा कारोवारमा ३७ लाख ३९ हजार तीन सय ९७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार हुुंदा कारोवार रकम एक अर्ब ४० करोड चार लाख ६७ हजार आठ सय पाँच रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहको सुचक बढेकाछन भने चार वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव १२ अंकले घटेर ११ सय ३८ दसमलव ६२ अंकमा पुुगेको छ । जलबिद्युुत, टे«डिङ र होटल समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने शुन्य दसमलव एक अंकले बढेर १७ सय ७० दसमलव २६ अंकमा पुुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४१ दसमलव ३३ अंकले बढेर पाँच हजार पाँच सय ७९ दसमलव ६२ अंकमा पुगेको छ । लघुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा शिखर इन्स्योरेन्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज ग्लोवल आईएमई बैक पहिलो स्थानमा परेको छ ।