यस्ताे छ आजको सुनचाँदीको मूल्य

Jan 28th, 2020

काठमाडौँ, १४ माघ
आधारभूमी संवाददाता

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ७६ हजार रुपैयाँमा कारोबार भएको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० छ । हिजाे  पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८९५  निर्धारण गरेको छ ।   हिजाे  चाँदीको मूल्य प्रतितोला रु ९०० रुपैयाँमा कारोबार भएको थियाे । चाँदीको मूल्य रु ५ घटेर प्रतितोला रु ८९५  रुपैयाँमा कारोबार भएको  हाे ।