• गृहपृष्ठ
  • एन आई सि एसिया बैंकसँगको सहकार्यमा सामसङ ग्यालेक्सीमा छुट अफर

एन आई सि एसिया बैंकसँगको सहकार्यमा सामसङ ग्यालेक्सीमा छुट अफर

Jan 27th, 2020

काठमाडौ माघ १३

सामसुङले सामसङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसङ ग्यालेक्सी नोट १० र नोट १० प्लसमा विशेष छुटको अफर ल्याएको छ ।

कम्पनीले एस १० र एस १० प्लस तथा सामसङ ग्यालेक्सी नोट १० र नोट १० प्लस एन आई सि एसिया बैंकको डेविट कार्ड / क्रेडिट कार्ड / क्यूआर बाट खरिद गर्दा १ प्रतिशत वा अधिकतम तीन हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । यो अफर एन आई सि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ ।सामसङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसङ ग्यालेक्सी नोट१० र नोट१० प्लस विशेषतः आफनो काम र जीवन बीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सृजनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरि तयार गरिएको हो । यी स्मार्टफोनहरु ग्राहकको बढी भन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।