नेप्से २३ अंकले बढ्यो

Jan 27th, 2020

काठमाडौ, माघ १३

आज सोमबार नेप्से २३ दसमलव ९५ अंकले बढेर १३ सय दसमलव ६२ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५३ अंकले बढेर दुुई सय ७९ दसमलव १५ अंकमा पुगेको छ । नेप्सेमा आज एक सय ८० वटा कम्पनीहरुको एक हजार दुुई सय नौ वटा कारोवारमा २४ लाख नौ हजार दुुई सय ६२ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ९१ करोड ७३ लाख ५९ हजार आठ सय ६५ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा १२ वटा समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव एक अंकले बढेर ११ सय ३९ दसमलव ७४ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि ४३ दसमलव ८१ अंकले बढेर १७ सय ७० दसमलव १५ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समिट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।