• गृहपृष्ठ
  • राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मी पक्राउ

राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मी पक्राउ

Jan 27th, 2020

काठमाडौँ, १३ माघ (रासस)

प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् । आइतबार निर्वाचित सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको छ ।