सुन तोलामा ५०० ले वृद्धि

Jan 27th, 2020

काठमाडौँ, १३ माघ

सुनको मूल्य आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । आइतबार तोलामा ७५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य सोमबार पनि बढेर तोलामा ७६००० रुपैयाँमा कारोबार भएको हो । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७००  तोकेको छ ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । आइतबार तोलामा ८९५ मा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि बढेर तोलामा ९००  मा कारोबार भएको हो ।  महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ९०० तोकेको छ ।