• गृहपृष्ठ
  • समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वत्तृत्वकला प्रतियोगिता सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वत्तृत्वकला प्रतियोगिता सम्पन्न

Jan 27th, 2020

बर्दिया, माघ १३

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हामी विद्यार्थी र नेपाल प्रहरीसँग हाम्रो साझेदारी” बिषयक वक्तृकत्वकला प्रतियोगिता गुलरिया नगरपालिका ६ स्थित बंगलामुखी राधाकृष्ण थारु माविको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख आतिथ्य र बंगलामुखी राधाकृष्ण थारु माविका सहप्रधानाध्यापक मोतिराम शर्माको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा गुलरिया नगरपालिकास्थित ६ वटा सामुदायिक विद्यालयका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा संचालन भएको उक्त कार्यलयक्रममा गुलरिया नगरपालिका, ववई बहुमुखी क्याम्पस, उद्योग वाणिज्य संघ गुलरिया, सामुदायिक सेवा केन्द्र गुलरिया, नेपाल महिला संघ बर्दियाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।