• गृहपृष्ठ
  • नेयमारको दुई गोलमा पिएसजी विजयी , १० अंकको अग्रता

नेयमारको दुई गोलमा पिएसजी विजयी , १० अंकको अग्रता

Jan 27th, 2020

काठमाडौँ, १३ माघ

फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित  गरेकाे हो ।

लिलेको मैदानमा भएको उक्त खेलमा नेयमारले २८ औं मिनेटमा र ५२ औं मिनेटमा गोल गरेका थिए । नेयमारले पहिलो गोल थोमस म्युनियरको पासमा गरे भने दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । एमबाप्पेको प्रहारलाई लिलेका ग्याब्रिएलले डिबक्स भित्र ह्यान्ड गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । त्यसपछि कुनै गोल हुन सकेन र पीएसजीले जित निकालेको हो ।

जितसँगै पीएसजीले २१ खेलबाट ५२ अंक बनाएको छ र शीर्ष स्थानमा छ । पीएसजीले दोस्रो स्थानको मार्सेइलीभन्दा १० अंकको अग्रता बनाएको छ । समान खेलबाट मार्सेलीको ४२ अंक छ । पराजित लिले ३१ अंक सहित सातौ स्थानमा छ ।