• गृहपृष्ठ
  • रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

Jan 27th, 2020

काठमाडौ , माघ १३

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा रियल भालाडोलिडलाई १-० गोलअन्तरले पराजित गर्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

रियल मड्रिडको जितमा नाचोले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरेका थिए। उनले टोनी क्रुसको पासलाई सदुपयोग गर्दै सो गोल गरेका थिए ।

जितसंगै  शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ भने समान खेल खेलको बार्सिलोनाको ४३ अंक छ। रियलले बार्सिलोनासँग ३ अंकको अग्रता बनाउन सफल भएको छ । भालाडोलिड २२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थानमा माथि छ ।