• गृहपृष्ठ
  • अजोड इन्स्योरेन्स, ग्लोवल आईएमई र कुमारी क्यापिटलबिच सम्झौता

अजोड इन्स्योरेन्स, ग्लोवल आईएमई र कुमारी क्यापिटलबिच सम्झौता

Jan 26th, 2020

काठमाडौ, माघ १२

अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथाकुमारी क्यापिटल लिमिटेडबिच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ ।

आज आइतवार कम्पनीको प्रधान कार्यालय अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेकाहुन् ।