नेप्से २० अंंकले घट्यो

Jan 26th, 2020

काठमाडौ, माघ १२

नेप्से आज आईतबार उच्च अंकले घटेको छ । यसदिन नेप्से २० दसमलव ७९ अंकले घटेर १२ सय ७६ दसमलव ६८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव एक अंकले घटेर दुुई सय ७४ दसमलव ६२ अंकमा पुुगेको छ । एक सय ७४ वटा कम्पनीहरुको १२ हजार सात सय ५० वटा कारोवारमा २६ लाख ६० हजार ३७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९६ करोड ५० लाख १८ हजार छ सय ६२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक १८ दसमलव ४५ अंकले घटेर ११ सय २१ दसमलव ७३ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक २१ दसमलव ३१ अंकले घटेर १७ सय २६ दसमलव ३४ अंकमा पुगेको छ । जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने डिप्रोक्स लघुुबित्त बित्तीय संस्था परेको छ ।