बढ्यो सुनको भाउ, हेर्नुस् कति पुग्यो ?

Jan 26th, 2020

साताको पहिलो दिन आइतबार  सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ५० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २००  तोकेको छ ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९५ तोकेको छ ।