• गृहपृष्ठ
  • ग्यारेज इन्क एपको सेवा सुरु ,अटो सम्बन्धी सबै सेवा एपबाटै

ग्यारेज इन्क एपको सेवा सुरु ,अटो सम्बन्धी सबै सेवा एपबाटै

Jan 26th, 2020

काठमाडौ, माघ १२

ग्यारेज इन्क एप नेपालमा सर्वप्रथम विविध ब्रान्डेड सामान सहितको ग्यारेज सञ्जाल हो । उक्त एपको सुरुवात गर्दे प्रमुख आतिथ्य गरिरहेका काठमाण्डौ महा–नगरपालिकाका मेयर विधा सुन्दर शाक्यले प्रविधि प्रयोगबाट सवारी धनीले सहजै विभिन्न सेवा उपभोग गर्न पाउनेमा विश्वस्त भएको बताएका छन् । यस ग्यारेज एप सञ्जालमा दर्तावाला ग्यारेजलाई मात्र मात्र प्राथमिकता दिँदै, त्यस्तो आधिकारिक ग्यारेजका भौतिक पूर्वाधा र माप दण्ड तोकिनु पर्ने उनले सुझाएका थिए ।

यो एप मार्फत अटो सम्बन्धी सम्पूर्ण सेवा उपल्वध हुनेछ । एपलाई पर्सनल कम्प्युटर र मोबाइल दुबैमा प्रयोग गर्ने सकिन्छ । आफ्नो सवारी साधन मर्मत, सर्भिसिंग तथा पार्टपुर्जाको लागि आपूm अनुकूल समयमा बुकिङ गरी सेवा लिन सकिने छ । ब्लु बुक नवीकरण तथा बिमा सेवा पनि उपलब्ध गराउँदै नवीकरण गर्ने मिति सु–सूचित गर्ने व्यवस्था गरिएको छ । सवारी साधनको सर्भिसिंग खर्चको हिसाब किताब राख्ने व्यवस्था मिलाएको छ । त्यस्तै एपले आवश्यक ओरिजिनल पार्ट पुर्जाका मूल्य समेत उपवध हुने, सहरी क्षेत्रमा अत्यधिक प्रयोग गरिने दुई पाङग्रे मोटरसाइकल प्रयोगकर्ता लक्षित सबै ब्रान्डका सामन र सेवा एउटै छाना मुनी उपल्वध गराएको छ । अघिल्लो पटक गरिएको सर्भिसिङ र फेरिएका पार्ट पुर्जाका रेकर्डलाई समेटदै प्रयोगकर्तालाई थप सहज बनाएको छ ।

यस एपको सञ्जाल अन्तर्गत हाल काठमाडौँ उपत्यका भित्रका प्रमुख २० आधिकारिक ग्यारेजलाई समेटिएको छ । आगामी दिनमा देशभरका ग्यारेजहरूलाई यस एप सञ्जालमा राखी सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।